राजधानीका बिभिन्न बिद्यालयहरुमा बम फेला

काठमाडौँ  । उपत्यकाका बिभिन्न बिद्यालयहरुमा बम फेला परेको छ ।

ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी, डल्लुको कन्चनजञ्गा इन्टिग्रेटेड मोर्डन स्कूल, दक्षिणढोकाको मनकामना बोर्डिङ स्कूल, बालसञ्चार बोर्डिङ र आकाशदीप बोर्डिङ स्कूलमा बम फेला परेको हो । मनाकामना र आकाशदीप बोर्डिङमा बम पड्किएको छ । बिस्फोटका कारण आकाशदीपको पर्खाल र गेटमा क्षति पुगेको छ ।

ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर कम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको छ ।

बम राखिएको ठाउँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भैरहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।