बम आतंक मच्चाउने तीन पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न निजी विद्यालयमा बम लगायतका शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । प्रहरीले जोरपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको  बताएको छ ।

आज बिहान ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी, डल्लुको कन्चनजञ्गा इन्टिग्रेटेड मोर्डन स्कूल, दक्षिणढोकाको मनकामना बोर्डिङ स्कूल, बालसञ्चार बोर्डिङ र आकाशदीप बोर्डिङ स्कूलमा शंकास्पद वस्तु फेला परेको थियो । मनकामना र आकाशदीप बोर्डिङमा भने बम पड्किएको थियो । बिस्फोटका कारण आकाशदीपको पर्खाल र गेटमा क्षति पुगेको छ ।

शंकास्पद बस्तु भेटिएको स्थानबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

 यो समूहले शुल्क वृद्धि फिर्ता लिनु पर्ने, कम आय भएकाको छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।