विमानमा बमको हल्ला, विमानस्थलमा उच्च सतर्कता

काठमाडौँ । विमानमा बम भएको सूचना आएपछि भारतको कोलकाता विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । कोलकताबाट गुहाटी जान लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला भएपछि विमानस्थलमा उच्च सतर्कता अपनाईएको हो ।

भारतीय संचारमाध्यामका अनुसार एक महिलाले फोन गरेर कोलकाताबाट गुहाटी जान लागेको विमानमा बम भएको बताएकी थिइन् । लगत्तै विमानलाई एकान्त स्थानमा लगेर छेक जांच सुरु गरिएको थियो । विमानमा ११४ यात्री थिए ।