ओलीको प्रतिवेदन-‘मधेसी मोर्चाले संविधान संशोधनको माग गर्नु औचित्यहीन’

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको उल्लेख गरेका छन् ।

ओलीले निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने स्पस्ट पारेका छन् ।केन्द्रीय कमिटी बैठकको सुरुमा आफ्नो भनाइ राख्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारका कारण मुलुकको राजनीति गलत बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध खबरदारी अभियान चलाउनुपर्ने बताए ।