उपाध्यायविरुद्ध तीन उजुरी

काठमाडौँ । भारतका लागि राजदूतमा प्रस्ताव गरेका दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ ।

ओली सरकारले उनलाई सरकार ढाल्न भूमिका खेलेको भन्दै फिर्ता बोलाएको थियो  । तर प्रचण्ड सरकारले उनलाई नै फेरी राजदुत मै सिफारिस गरेको हो ।  तीन वटै उजुरी इमेलमार्फत प्राप्त भएको समितिले जनाएको छ । उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उनी योग्य नरहेको उल्लेख छ ।

त्यस्तै उनले भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले  सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप पनि  लागेको छ ।   समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने  उजुरी परेको छैन । पौडेल पूर्वमुख्य सचिव हुन् । समितिले प्रस्तावित दुबै राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी गरेको छ ।