ट्वीटरमा ‘नाकाबन्दीको वार्षिकी’, एक नम्बरमा ट्रेन्डिंग

काठमाडौँ । नेपालमा संविधान जारी भएपछि भारतले संविधानप्रति असन्तुष्टी जनाउदै नेपालमाथि नाकाबन्दी लगाएको एक बर्ष पुरा भएको छ । भारतले त्यस समय इन्धन औसधि लगायतका अत्यावश्यक सामग्री नेपाल आउनमा रोक लगाएको थियो ।

त्यहि समयमा चीनबाट पेट्रोलियम आयात भएको थियो । नाकाबन्दीले नेपालको अर्थतन्त्रमा ठुलो असर परेको थियो भने जनजीवन अस्तव्यस्त बनेको थियो । आज नाकाबन्दीको एक वर्षा पुरा भएको छ । सामाजिक संजाल ट्वीटरमा नाकाबन्दीलाई सम्झेर आज प्रयोगकर्ताहरुले #नाकाबन्दीकोवार्षिकी ह्यास ट्यागमा ट्वीट गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म यो ट्याग एक नम्बरमा ट्रेन्डिंग भईरहेको छ। नाकाबन्दीको समय #backoffindia र #donateoiltoindianembassy जस्ता ह्यासट्याग बिश्व ब्यापी रुपमै एक नम्बरमा ट्रेन्डिंग भएका थिए ।