लियोनल मेस्सी घाइते, ३ हप्ता खेल्न नसक्ने

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी घाइते भएका छन् । गएराती भएको एथलेटीको म्याड्रिडसंगको खेलमा मेस्सी घाइते भएका हुन् ।

५९ औं मिनेटमा मेस्सी घाइते भएर मैदान छाडेका थिए । उनको तिघ्रा र कम्मरबिचको भागमा चोट लागेको र ३ हप्ता मैदान उत्रन नसक्ने बताईएको छ ।  त्यस अवधिमा उनले च्याम्पियन्स लिगको १, ला लिगको २ र अर्जेन्टिनाको बिश्वकप छनौटको १ खेल ‘मिस’ गर्ने छन्  ।  गएरातीको खेलमा भने बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।  खेल  १-१ गोलको बराबरी रोकिएसंगै दुवै टोली अंक बाड्न बाध्य भएका हुन्  ।

खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राकिटिकको गोलबाट अग्रता लिएको थियो तर ६१ औ मिनेटमा  कोरिआले एथ्लेटिको मडि्रडका लागि बराबरी गोल फर्काए ।