सिँचाइ मन्त्री अस्पताल भर्ना

काठमाडौँ । सिँचाइ मन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन् । बुधबार राति मन्त्री क्वार्टर पुल्चोकमा रहेका बेला मुटुमा समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिकमा भर्ना गरेपछि उपचारका क्रममा उनको मुटुमा रगत जमेको पाइएको स्वकीय सचिव युवराज डिसीले जानकारी दिए ।  अहिले गिरीलाई नर्भिकका सर्जन डाक्टर यादव भट्टले उपचार गरिरहेका छन् ।