के के निर्णय गर्यो आजको मन्त्रिपरिषदले ?

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी  राजभण्डारीलाई नियुक्त  गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । त्यस्तै बैठकले दुई वर्षभित्र हलिया मुक्तको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले उच्च अदालत गठन भएका सातवटै प्रदेशमा न्यायाधिवक्ताको कार्यालय गठन गर्ने निर्णय गरेको पनि सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिएका छन्।