टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी नियुक्त

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त  गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई  प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

उनी  प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक हुन्   सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनोट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो ।

त्यसमध्येबाट अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा यसअघि नियुक्त भएका बुद्धि आचार्य गैरप्राविधिक थिए ।