दशैँको लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ । असोज ७ देखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुने भएको छ। टिकट बुकिङका लागी सरकारले आवश्यक पुर्वतयारी पुरा गरेको जनाइएको छ।

ग्रामिण भेगमा रुट परमिट फिर्ता, कलंकी देखि नागढुंगा सडक स्तरोन्नति, डिलक्स गाडीमा  २० % भाडा वढ्ने लगायतका अधिकांश माग पुरा भएकाले असोज ७ देखि टिकट बुकिङ खुला हुने यातायात व्यवसायी राष्ट्रिय महांसघका महासचिव सरोज सीटौलाले जानकारी दिएका छन।

दशैँ तिहारको लागी काठमान्डौबाट बाहिरिने यात्रीहरुका लागी असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी गरिएपनि सरकार र यातायात व्यवसायीबीचको बिबादका कारण रोकिएको थियो ।