भारतलाई झड्का, चीनले दियो पाकिस्तानलाई साथ

काठमाडौँ । भारतले पाकिस्तानलाई कुटनीतिक रुपमा घेरा हाल्न चीनको साथ मागिरहेका बेला चीन भने पाकिस्तानको पक्षमा देखिएको छ ।

भारत–पाकिस्तान सीमावर्ती क्षेत्र काश्मीरमा १७ भारतीय सेनाको मृत्यु भएपछि भारतले त्यसलाई आतंकवादी हमला बताउँदै पाकिस्तानको सीमामा छिरेर ११ जनाको हत्या गरिसकेको छ ।

यसै सन्दर्भमा बिहीबार मात्र आतंकवादी गतिबिधि रोक्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको सहयोग मागेको समाचार बाहिर आइरहेका बेला चीन पाकिस्तानको पक्षमा उभिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच भएको भेटमा ली ले चीन र पाकिस्तानले सधैभरी एकअर्कालाई साथ दिएको बताउँदै त्यसले निरन्तरता पाउने विश्वास सरीफलाई दिलाएका थिए ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भेटमा लीले आफूहरु पाकिस्तानलाई चरममुखी सहयोग गर्न र द्दिदेसीय सम्बन्ध बढाउन चाहेको बताएका थिए ।

अवसरमा दुई देशबीचको आपसी सम्बन्ध बिस्तारका लागि बन्दरगहा निर्माणमा जुट्ने र आर्थिक विकासमा धेरैभन्दा धेरै उद्योग खोलेर अघि बढ्ने विषयमा छलफल भएको थियो । चीन यूएन सेक्युरेटी काउन्सीलको सदस्य पाकिस्तानलाई एक्ल्याउन भारतलाई चीनको साथ आवश्यक छ ।