कार्यकर्ता रिहा गर्न वैद्य माओवादीको माग

काठमाडौँ । नेकपा माओवादीका केन्द्रीय सदस्यहरुलाई प्रहरीले पक्राउ गरेकोमा पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

प्रहरीले पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र अन्य दुई जना केन्द्रीय सदस्यलाई पक्राउ गरेको थियो । पार्टीले चन्दा संकलन गरेको बहाना बनाएर प्रहरीले गिरफ्तार गरेको र बिहिबार जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेकोमा गम्भिर आपत्ति प्रकट गरेको छ ।

पार्टीले उनीहरुको तत्काल रिहाईको माग गरेको छ । ‘सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।