अन्तत: सर्बोच्चमा पुग्यो लोकमानको फाइल

काठमाडौँ । सरकारले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको असली फाइल सर्बोच्च अदालतमा पठाएको छ । सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले फाइल प्राप्त भएको पुष्टि गरे ।

यस अघि सरकारले फाइल ‘भूकम्पमा हरायो’ भनेर जवाफ पठाएको थियो । तर सर्बोच्चले फाइल नदिए सरकारलाई नै कारबाही गर्ने बहने पछि सरकारले आज फाइल पठाएको हो । लोकमान नियुक्तिको कानुनी आधारमाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दिएका थिए। २०७० वैशाख २९ गते दायर भएको र लोकमानको नियुक्तिअघि दायर रिटलाई सर्वोच्चले २०७१ असोज ८ गते खारेज गरेको थियो ।

तर सर्बोच्च आफैले मुद्दा ब्युत्याएको हो ।  फाइल प्राप्त भएसंगै सर्बोच्चले लोकमानको नियुक्तिको बिषयमा सुनुवाई अगाडी बढाउने भएको छ ।