रेडियो धादिङमा भएको आक्रमणप्रति महासंघको आपत्ति

काठमाडौँ । धादिङबाट प्रसारण रेडियो धादिङ १०६ मेगाहर्जमा स्थानीय प्रशासनद्वारा गरेको आक्रमण र त्यहाँ कार्यरत पत्रकारमाथि भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

आज विहान ४ः०० बजे सुरक्षाकर्मीसहितको टोलीले रेडियो धादिङको स्टेशनभित्र प्रवेश गरी त्यहाँ कार्यरत संचारकर्मीहरु शंकर श्रेष्ठ, रोम श्रेष्ठ, खेम चेपाङ र सौगात लम्सालमाथि सुतिरहेको अवस्थामा एक्कासि हातपात र दुव्र्यवहार गर्नुका साथै रेडियोको उपकरण तोडफोड गरेका थिए ।

टोलीले घटनाको समाचार संकलनमा पुगेका महासंघ धादिङ शाखा अध्यक्ष नवराज छत्कुली, पत्रकारहरु सीताराम अधिकारी, अर्जुनकुमार श्रेष्ठ, सरिता श्रेष्ठ, दोलख गुरुङमाथि प्रहरीले हातपातसमेत गरेको घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो ।

महासघको बिज्ञप्तिमा भनिएको छ ‘अमरावती सामुदायिक बनको जग्गामा रहेको रेडियो धादिङ र वन कार्यालयबीच केही समयदेखि विवाद उत्पन्न भएको थियो । उक्त विवाद सम्बन्धमा सर्वोच्च अदालतले राय दिई सकेको अवस्था हो । सर्वोच्चको रायलाई दुवै पक्षले पालना  गर्नुपथ्र्यो । प्रहरी प्रशासनको दलबलसहित बन कार्यालयले गरेको आक्रमणको घटनाले प्रेस स्वतन्त्रता र सुरक्षित प्रेसको खिल्ली उडाएको छ ।’