निर्बाचन आयोगद्वारा ११ दल खारेज, ८२ दललाई जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले ११ राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा स्पष्टीकरण पेस नगर्ने ११ वटा दल  खारेज गरेको हो ।

खारेज भएका दलहरुको नाम, निर्वाचन चिन्ह र झण्डा एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिज गरिएको छ ।  त्यस्तै आयोगले आयोग समक्ष प्रतिवेदन पेस नगर्ने ८२ दललाई  एक सय रुपैयाँ जरिवाना गरिएको छ। साथै ती दललाई निर्धारित ढाँचा र समयभित्रै प्रतिवेदन पेस गर्न सचेत गराएको छ।

ति दललाई आयोगले ३५ दिनभित्र विवरण  बुझाउन आग्रह गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम समयमा आयव्यय बुझाउन सूचित गर्दा पनि चित्तबुझ्दो जवाफ पेश नगरेकाले दलहरूलाई एक सय रुपैंया जरीवाना गरिएको आयोगले बताएको छ ।

dal