हिन्दी भाषालाई राष्ट्रियकरण प्रयासको अभियानद्वारा बिरोध

काठमाडौँ । हिन्दी भाषालाई सरकारी मान्यता दिने   प्रपञ्च भैरहेको भन्दै जागरुक युवा अभियान नेपालले बिरोध जनाएको छ ।

अभियानका संयोजक घनश्याम श्रेष्ठद्वारा जारी बिज्ञप्तिमा नेपालमा बोल्ने कयौ भाषा भएकाले ९९ प्रतिशत नेपालको आस्थामा चोट पुग्ने गरि सरकारले कदम चालेकाले राष्ट्रियताका सवालमा सबै एकजुट हुन् अपिल गरिएको छ  ।

बिंस. २०६८ को जनगणना अनुसार नेपालमा बोलिने १२३ मातृभाषा मध्ये हिन्दी बोल्नेको संख्या ०.२९ प्रतिशत मात्रै रहेको भन्दै के आधारमा हिन्दीलाई सरकारी काम काजको भाषा बनाउन लागिएको हो भनि प्रश्न गरिएको छ । नेपालीपछि  मैथिली, भोजपुरी थारु, तामाङ, नेवारी, बज्जिका, मगर लगायतका भाषाहरु बढी प्रयोगमा रहेको जानकारी दिदै अभियानले ९९.७१ प्रतिशत नागरिकको अभिमानमाथि चोट पु¥याएर हिन्दी भाषालाई सरकारी भाषाको मान्यता दिने प्रपञ्च भएको दाबी गरेको छ ।

बिश्वका कुनै पनि मुलुकमा अंगिकृत नागरिकलाई राष्ट्रको प्रमुख निकायमा नियुक्त गर्ने चलन नियम नभएको भन्दै अभियानले नेपालमा त्यो व्यवस्था ल्याउने तयारी भैरहेकोमा पनि आपत्ति जनाएको छ। नेपाली भूमिपुत्र तराईबासीका नाममा सिमित व्यक्तिको स्वार्थका लागि जुन जालझेल षडयन्त्र भैरहेको दाबी गर्दै तराई, पहाड, हिमाल सवैलाई भड्खालोमा हाल्ने काम भैरहेको आरोप लगाएको छ।

बिज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसंग प्रधानमन्त्रीले ‘कुरा मिलाई सकिएको’ भनेर जुन संचारमाध्यममा आईरहेका समाचारको पनि विरोध गरिएको छ ।  सरकारको यस्तो कदमले सरकार आफै भष्टाचार लुकाउन जालझेल गरेको भान भईरहेको भनिएको छ  ।

बिज्ञप्तिमा सरकारका  पछिल्लो कदमहरु बारे सडकदेखि सामाजिक सञ्जालसम्म चौतर्फी चर्काे आलोचना भईरहँदा पनि  सम्वन्धित व्यक्तिले आफ्नो अभिव्यिक्त नसच्याएको र  सरकारले नै यसको वास्तविकता सार्वजनिक नगरेको प्रति अभियानले तिब्र अशन्तुष्टी ब्यक्त गरेको छ ।

पार्टीगत स्वार्थबाट माथि उठ्न आग्रह गर्दै बिज्ञप्तिमा भनिएको छ ‘बहुसंख्य आदिवासी, जनजाति, मधेसी सभासदको हष्ताक्षरले बनेको संविधानको रक्षा गर्नुको सट्टा संशोधनका नाममा जुन अदृश्यरुपमा राष्ट्रघाती कदमहरु चालिएको छ । यी कुराहरुको हामी घोर निन्दा गर्दछौ । र हामी सम्पूर्ण शिक्षित वर्गलाई जोडदार हार्दिक अनुरोध गर्दछौ । कृपया तपाईको राजनीतिक आस्था जुनसुकै पार्टीसँग भए पनि राष्ट्रियताका सवालमा एकजुट होऔं ।’