पहिरोमा परी चारको मृत्यु, दश गम्भिर घाइते

काठमाडौँ । उत्तरी गोरखाको केरौँजा–९ मा बीहिबार पहिरोमा परी चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनजनाको शव शुक्रबार पोष्टमार्टमका लागि काठमाण्डौँ लगिएको छ।

मृत्यु भएकामध्ये स्पेनिस नागरिक म्यानुयल रेप, दोर्जे लामा र छिरी शेर्पाको शव टिचिङ अस्पताल लगिएको हो। बिहीबारदेखीको निरन्तर पहिरो बगिरहँदा कारण शव निकाल्न समस्या भएको स्थानियले जानकारी दिए ।

पहिरोमा बेपत्ता रञ्जना गुरुङको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले पहिरोबाट शव निकालेपछि हेलिकप्टरबाट टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा घाईते भएकामध्ये ८ जनाको अवस्था समान्य रहेकाले डिस्चार्ज भईसकेको र ६ जनाको बयोधा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।