प्रधानमन्त्रीलाई राष्ट्रसंघीय महासचिवको यस्तो संदेश

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गरेका थिए । त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उहाँले चासो राख्दै सफलताको शुभकामना दिएका थिए ।