सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । माउन्टेन एयरको हेलिकप्टर सोलुखुम्बुको जुभिङमा  दुर्घटना भएको छ ।

आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेपनि पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ ।

हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो माउन्टेन एयरले जनाएको छ ।