पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, अामाकाे शव भेटियाे

९ असोज, काठमाडाै । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आज साँझ त्रिशुली नदीमा खसेको छ । मुग्लिनबाट काठमाडौं अाउँदै गरेको बा ९ च १५३१ नम्बरको कार  घोप्टेभिर भन्ने स्थानबाट पाँच बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको थियो । घटनास्थल नजिक एकजना असइको शव फेला परेको छ भने चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले दिएकाे जानकारि अनुसार उनकी अामाकाे शव फेला परेकाे छ भने घिमिरेको अवस्था भने अज्ञात छ ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।