त्रिशुलीमा कार दुर्घटना: ३ को पहिचान खुल्यो, ४ जना बेपत्ता

काठमाडाै । पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा दुर्घटनामा परेको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९ च १५३१ नम्बरको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।

दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव प्राप्त भएको छ । उनका अनुसार घिमिरे सहित उनका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे वेपत्ता  छन्।

उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए । घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री  थिए ।