एसपीको मोबाइलमा घिमिरेको फोन आएपछि

काठमाडौँ । आइतबार त्रिशुलीमा कार दुर्घटनामा परेका पूर्व गृहमन्त्री माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आएको बुझिएको छ । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलमा फोन आएको कुबरले बताएका छन् ।

झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । उहाँले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो । घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए ।

घिमिरे लगायत बेपत्ताको खोजी कार्य जारी छ ।