जंगलमा भेटियो ठूलो संख्यामा गोली

काठमाडौँ । जाजरकोटको भेरिमालिका–३ स्याँलापाखा सामुदायिक वन क्षेत्रमा ठूलो संख्यामा गोली फेला परेको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको काम हेर्न गएका गाउँलेले जंगलको भिरमा केही गोली देखेपछि खोजी गर्दा ठूलो परिमाणमा पाँच सय ८० राउण्ड गोली भेटिएको हो ।

सशस्त्र द्वन्द्वकालमा माओवादीले लुकाएको गोली अन्यत्र लैजाने क्रममा जंगलमा छाडेर भागेको हुन सक्ने प्रहरीले जनाएको छ ।