डा. केसीद्वारा नवौँपटक अनसन शुरु

काठमाडौँ । प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । डाक्टर केसी सोमबार दिउँसो ४ बजेबाट अनसन बसेका हुन् ।

एक हप्ताअघि नै उनले अनसन बस्ने तयारी गरेको भए पनि सरकारबाट माग पुरा हुने प्रतिवद्धता आएपछि एक साताको लागि उनले अनसन स्थगित गरेका थिए । सरकारलाई दिएको अल्टिमेटममा माग पुरा नभएपछि सोमबारबाट उनले अनसन शुरु गरेका हुन् ।

उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।