नेपाल एयरलाइन्सको एयरबस आकस्मिक अवतरण

काठमाडौँ ।  नेपाल एयरलाइन्सको एयरबस ए ३२० त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह आकस्मिक  अवतरण  गराइएको छ।

दिल्लीबाट काठमाडौं आएको उक्त एयर बस अवतरण गर्ने क्रममा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको हो । करिब २५ हजार फिट आउँदा अचानक धुँवा देखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

विमानस्थललाई खाली गराएर आपतकालीन अवतरण गराइएको थियो । त्यसक्रममा अग्नी नियन्त्रकसहित विशेष उद्धार टोललाई एयरपोर्टमा तयारी अवस्थामा राखिएको थियो। जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।