संसदमा रामहरिको गर्जन- ‘कुरा मिलाइएको भएको के हो ?’ (भिडियोसहित)

काठमाडौँ । सरकारको पछिल्लो गतिबिधि आलोचनात्मक बनिरहदा सत्ता साझेदार नेपाली कांग्रेस समेत चुपचाप छन् ।

भारतसंग गरेको सम्झौता, अख्तियार प्रमुखसंग प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कुरा मिलाई सकेको’ भनेर दिएको अभिव्यक्ति, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने प्रयास लगायतले सरकारको तिब्र आलोचना भैरहेको छ । यसै बिषयमा संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले चर्को आवाज उठाए ।

तर सत्ता पक्षका सांसद रामहरी खतिवडाले समेत सरकारको गतिबिधि बारे चौतर्फी रुपमा भैरहेको आलोचनाबारे स्पष्ट पार्न आग्रह गरे । सांसद खतिवडाले ‘प्रधानमन्त्रीले अख्तियार प्रमुखसंग कुरा मिलाएको भनेको के हो ?’ भनेर प्रश्न सोधेका थिए । साथै खतिवडाले नेपालमा नेपाली बाहेक अरु कुनै पनि भाषा राष्ट्रिय भाषा हुन् नसक्ने ठोकुवा गरे ।

हेर्नुस भिडियो