संविधानकाे पुर्ण कार्यान्वयनका लागि दलहरु बिच सहमति र सहकार्यको विकल्प नरहेको मन्त्री केसीकाे भनार्इ

सहरि विकास मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी ले संविधानकाे पुर्ण कार्यान्वयनका लागि दलहरु बिच सहमति र सहकार्यको विकल्प नरहेको बताउदै संविधान कार्यान्वयन नहुदाको दुरगामि प्रभाव बिस्लेशन गरेर सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जाेड दिनुभएकाे छ । साेमवार मकवानपुरकाे थाहा नगरपालिकामा कांग्रेसको नगर ईकाईले अायाेजना गरेकाे शुभकामना अादान-प्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री केसिले संविधानका केही पक्षमा असहमतहरुलाई समेत संवैधानिक प्रक्रिया द्वारानै सहमतिमा ल्याइ संविधानकाे पुर्ण कार्यान्वयन मार्फत मुलुकमा राजनितिक स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पस्ट पार्नुभयाे । त्यसक्रममा कांग्रेस नेता केसिले संविधानकाे पुर्ण कार्यान्वयनका लागि सम्पुर्ण रुपमा कृयाशिल रहन पार्टी पंक्तिलाई निर्देसन समेत दिनुभयाे । पार्टी सामु ईतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेकाले एकताबद्ध रुपमा पार्टीको लक्ष्य पूरा गर्न कार्यकर्ताहरुको इमान्दारीतापुर्ण समर्पण आवस्यक रहेको समेत नेता केसिको भनाइ थियो ।

कार्यक्रममा मन्त्री केसिले थाहा नगरपालिकाकाे पर्यटकिय महत्वलाई दृस्टीगत गर्दै यसलाई नया नगर विकास याेजनामा समेटेर विकास गरिने समेत वताउनुभयाे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले अाेलि सरकारले संविधान कार्यान्वयनमा इमान्दारीता नदेखाएकाले बिस्थापित गर्नुपरेको बताउदै चाडाे संक्रमणकालको अन्त्यका लागि निर्धारित समयमै निर्बाचनहरु सम्पन्न गर्नुको बिकल्प नरहेको बताउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकाेटका सभापति एव सांसद जगदिश्वोरनरसिंह केसि, मकवानपुर कांग्रेस सभापति एवं साँसद इन्द्र वानिया, मकवानपुरका निबर्तमान कांग्रेस सभापति रघुरमण न्याैंपाने, महासमिति सदस्यहरु जयराम लामिछाने ,उमा दाहाल, भरत लामा, क्षेत्रिय सभापति यतिराज सापकाेटा, थाहा नगर विकास अध्यक्ष खड्ग गाेपालि, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ , तरुण दल अध्यक्ष इस्वर श्रेष्ठ , थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतले समसामयिक राजनितिक अवस्था ,सांगठनिक सुदृढीकरण लगायतका विषयमा धारणाहरु राख्नुभएकाे थियाे । कार्यक्रममा मन्त्री केसिले एमाले,माअाेवादि केन्द्र र जनमोर्चा परित्याग गरि कांग्रेस प्रबेस गर्ने ५० भन्दा बढि युवाहरुलाई पार्टीको सदस्यता बितरण गर्नुभएकाे थियाे ।