चितवनमा एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

काठमाडौँ । गएराति १० बजे चितवनको कुरिनघाटमा ग २ च ८७०४ नम्बरको एम्बुलेन्सको पछाडीको चक्का पन्चर भई अनियन्त्रित हुदा सडकबाट ५० मिटर तल खस्दा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा एम्बुलेन्स चालक लम्जुङ्ग भोर्लेटार ३ का ५० वर्षिय खेम सिंह गुरुङ्ग , ३० वर्षिय छवि थापा र स्याङ्गजाका १८ वर्षिय सुसिल थापा रहेका छन् । घाईतेहरुलाई उपचारको लागी काठमाण्डौ ल्याईएको छ । घाईतेमध्ये चालक गुरुङ्गको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यलय मुग्लिनले जानकारी दिएको छ ।