‘बंगलादेशी गोताखोर होइन, विदेशबाट विशेष यन्त्र चाहिन्छ’- गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि  त्रिशूली  नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी तथा उद्धारबारे जानकारी लिन चितवन पुगेका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई सहित चितवन पुगेका निधिले दुर्घटनास्थलको पनि निरीक्षण गरेका छन् ।

टोलीमा राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख दिलिप रेग्मी पनि छन् ।  निधिसहित सुरक्षा प्रमुखहरुले घटनास्थलको निरीक्षण गर्दै खोजीमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्  । साथै उनले खोजीकार्यका लागि विदेशबाट विशेष यन्त्र मगाइने बताएका छन्।  गृहमन्त्रीले भने ‘ बंगलादेशी गोताखोर होइन, विदेशबाट विशेष यन्त्र चाहिन्छ’ । बंगलादेशीलाई नेपालको नदि नालाबारे ज्ञान छैन’ ।

यस अघि चितवन सिडिओले समत बंगलादेशका गोरखोर पनि खासै प्रभावकारी नहुने बताएका थिए ।  टोलीले हेलिकप्टरबाट त्रिशुली नदीमा भइरहेको उद्धार प्रयास अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै  अस्पतालमा उपचाररत घिमिरेका चालक विष्णु राईलाई आज थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

पुर्वगृहमन्त्री घिमिरे सवार कार आइतबार घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो । घिमिरे सहित उनका ३ जना दाजु भाईको अवस्था अज्ञात छ ।