धादिङमा सवारी दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ । धादिङमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।  उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। दुर्घटनामा घाइते १५ जनाको उद्दार गरिएको जनाएको छ ।