धादिङ दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ । धादिङको मार्पाकमा भएको बस दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ ।

बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस मंगलबार मार्पाकमा दुर्घटना ११ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरु सबै ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलमा शव निकाल्ने काम भइरहेको छ ।