बाढी पीडितको समस्या समाधानमा आवश्यक पहल गर्छु: मन्त्री केसी

काठमाडौं, ११ असोज । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बाँके, बर्दिया, दाङ् र सुर्खेतका बाढीपीडितहरुको समस्या अत्यन्त संवेदनशील रहेको वताउँदै उनीहरुको समस्या समाधानका लागि आवश्यक कदम चालिने वताउनुभएको छ ।
मंगलवार सहरी विकास मन्त्रालयमा बाँके, बर्दिया, दाङ् र सुर्खेतका बाढीपीडितहरुको प्रतिनिधी मण्डलसंगको भेटमा मन्त्री केसीले समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम तत्काल सुरु गर्ने र अन्तरमन्त्रालय समन्वय गरी यथाशक्य छिटो राहत वितरणको वातावरण वनाउने विश्वास समेत दिलाउनुभयो ।

मन्त्री केसीले वाढीपीडितलाई पनि भूकम्पपीडित सरह अनुदान दिने मन्त्रिपरिषदबाट निर्णय भएकोमा सोको कार्यान्वयनको अवस्था, व्यवधान भएमा सोको विवरण एवं समाधानका उपायसहित कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका उच्च अधिकारीहरुलाई आफूले निर्देशन दिईसकेको उल्लेख गर्दे आवश्यक परे मन्त्रीपरिषदवाटै बिशेष निर्णय गराउन आफू लागि पर्ने समेत वताउनुभयो ।

वर्दियावाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने साँसदहरु संजयकुमार गौतम, श्यामकुमार ढकाल, गोपाल दहीत, कासिम सिद्धिकी र निर्मल सुवेदी सहितको प्रतिनिधीमण्डलले मन्त्री परिषदको निर्णय कार्यान्वयन नहुँदा वाडीपीडितहरु २ वर्ष देखि त्रिपालमै वस्न वाध्य भएको र उनीहरुको जीवन कष्टकर वन्दै गएकाले तत्काल समस्या समाधानको पहल गर्न मन्त्री केसिसंग आग्रह गरेका थिए । त्यसक्रममा वाढिपीडित वर्दीया जिल्ला संघर्ष समितिका अध्यक्ष विन्तिराम थारुले २०७१ साल साउन २९ र ३० गतेको भिषण वाढीले वर्दीयामा मात्र १७ हजार घरमा क्षती पु¥याउँदा ८८ हजार नागरीक प्रभावित भएको जानकारी गराउनुभयो ।