त्रिशूली नदीमा गाडी फेला, पूर्वगृहमन्त्री घिमिरेको हुन् सक्ने

काठमाडौँ । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीपको खोजीका लागि परिचालित नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ । घोप्टेभीरबाट २० मिटर दक्षिण क्षेत्रमा नेपाली गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको हो ।

घिमिरेकै जीप दुर्घटना आसपास गाडी फेला परेकाले उक्त गाडी घिमिरे चढेको जीप नै हुन् सक्ने प्रहरीले आंकलन गरेको छ । त एकिन भने हुन् सकेको छैन ।

उनका अनुसार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको छ । आइतबार साँझ काठमाडौं आइरहेका बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार चढेको बा९च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।

घटनास्थलबाट तत्काल आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र निजी सुरक्षाकर्मी रामचन्द्र कार्कीको शव फेला परेको थियो। चालक विष्णु राई घाइते अवस्थामा फेला परेका थिए। घिमिरेसहित उनका दुई भाइ त्रिशुलीमा हराइरहेका थिए। केही दिन अघि सोही ठाउँमा ट्रक पनि खसेको हुनाले फेला परेको गाडी उक्त ट्रक पनि हुन् सक्ने प्रहरीले जनाएको छ ।