बजेट आश्रित विधेयक पास गराउन नियमावलीको दफा नै निलम्बन

काठमाडौँ । सरकारले बजेटका आश्रित तीन विधेयकलाई पारित गर्न संसदमा पठाउने निर्णय गरेको छ । केपी ओली सरकारले पेश गरेका आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने  विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ विधेयक पारित भएका थिएनन ।

विधयेक पेश भएको बेला सरकार बिरुद्द अविश्वासको प्रस्ताव दर्ता गराएको माओबादी र कांग्रेस गठबन्धन मिलेर विधयेक फेल गराएका हुन् । अहिले सरकारले आफैले फेल गराएको बिधेयक पास गर्ने तयारी गरेको छ  । विधयेक पास गर्नको लागि संसद नियमावलीको बैठक  सञ्चालन कार्यविधिका केही दफा निलम्बन गर्ने तयारी भईरहेको छ ।

नियमावली अनुसार, कुनै पनि विधेयक संसदको एउटा अधिवेशनमा अस्वीकृत भएमा उक्त विधेयक सोही अधिवेशनमा पेश गर्न मिल्दैन । यहि कारण सरकारले उक्त नियमावली निलम्बन पुरानै विधेयक अघि बढाउने तयारी गरेको हो।

आजको बैठकमा संसद नियमावली २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२०, १२७ को उपनियम १, १४२ र १५६ को उपनियम १ निलम्बनको प्रस्ताव पेश गर्ने कार्य सुची छ ।