हिन्दीलाई राष्ट्र भाषा बनाइयोस्’- कांग्रेस सांसद

काठमाडौँ । सरकार संसदमा दर्ता गर्न लागेको संविधान संसोधन प्रस्तावमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्ने प्रस्ताव पनि रहेको चर्चा चलेकै वेला संसदमा यस बारे कुरा उठेको छ ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद देवनारायण कलवारले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन् । संसदको बैठकमा बोल्दै नेता कलवारले हिन्दी भाषा  ५० प्रतिशत जनताले बोल्ने र ८० प्रतिशतले बुझ्ने भएकाले राष्ट्रिय भाषा बनाउन माग गरेका हुन् ।