सरकारबिरुद्ध नयाँ शक्तिको धर्ना

काठमाडौँ । सरकारले गलत कदम चालेको भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले शुक्रबार भद्रकालीमा धर्ना दिएको छ ।

राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै दिइएको धर्नामा भट्टराईसहितका नेताहरु छन् । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गरेको छ ।

७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको बताएको छ ।