पूर्वगृहमन्त्री माधव घिमिरेको अन्त्येष्टि

काठमाडौँ ।  त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्। शुक्रबार आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा परिवारले कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको पनि अन्त्येष्टि गरिएको हो।

चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए। पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो।

घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो। घिमिरेसँगै उनका दुई भाइ पनि बेपत्ता छन्। दुर्घटना आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, घिमिरेका निजी सुरक्षाकर्मी सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव त्यसैदिन फेला परेको थियो ।