संविधानमा जे भएपनि नेपाल हिन्दु राज्य नै होः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा धर्मनिरपेक्षतालाई स्वीकार गरिए पनि नेपाल हिन्दुराज्य भएको बताएका छन्।

सभापति देउवाले संविधानमा जे भएपनि नेपाल हिन्दुराज्य भएको बताए। उनले आफू हिन्दु भएको र मुलुकका बहुसंख्यक जनताले पनि हिन्दु धर्ममा नै आस्था राख्ने भन्दै संविधानमा के छ भन्ने कुरा ठूलो नभएको बताए ।