सार्क सम्मेलन स्थगित

काठमाडौँ । १९ औं सार्क शिखर सम्मेलन अन्ततः स्थगित भएको छ । नोभेम्बर ९ र १० का लागि तय भएको  सार्क शिखर सम्मेलनको आयोजक मुलुक पाकिस्तानले सम्मेलन स्थगित भएको घोषणा गरेको हो ।

पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको अवरोधका कारण सार्क प्रक्रियामै अवरोध आएको उल्लेख गर्दै सार्क शिखर सम्मेलन स्थगित गर्नुपरेको जनाएको छ । सार्क शिखर सम्मेलनको अर्को नयाँ मिति सार्कको अहिलेको अध्यक्ष मुलुक नेपालले तय गर्ने उसले जनाएको छ ।

सार्क शिखर सम्मेलनमा सहभागी नहुने भन्दै भारतले सार्कको प्रक्रियामा अवरोध पुर्‍याएको पाकिस्तानले जनाएको छ ।