नयाँ नोट आजदेखि वितरण हुदै

काठमाडौँ । राष्ट्र बैंकले  सर्वसाधारणका लागि इतबारदेखि नयाँ नोट वितरण गर्दैछ । मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

जेष्ठ नागरिक तथा अशक्तका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । लाइन बसेकालाई पहिले कुपन दिने र कुपनको आधारमा नयाँ नोट वितरण गर्ने विभागले जनाएको छ । एकजनाले बढीमा ३७ हजार रुपैयाँसम्मको नोट साट्न पाउनेछन् ।

राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने यसअघि नै नयाँ नोट उपलब्ध गराइसकेको छ ।