बस दुर्घटनामा ३ जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौँ । मकवानपुरको पदमपोखरीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। दर्जनौ घाइते भएका छन्। मृत्यु हुनेमा १ महिला र २ पूरुष छन्। उनीहरुको सनाखत हुन सकेको छैन्।

हेटौंडा आउँदै गरेको ना ४ख ४३०७ नम्बरको बस पदमपोखरीमा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।