शिवशक्ति आमा समुहको पाँचौ अधिवेशन

काठमाडौँ । तनहुँ जिल्ला थप्रेक गाविस वडा नम्बर १ स्थित श्री शिव शक्ति आमा समुहको पाँचौ अधिवेशन सम्पन्न भएको छ । भेलाले उमा पन्थीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्व सहमतिले चयन गरेको छ ।

बिष्णुमाया पन्थीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि लायन मिलन थापा रहेका थिए भने कोषाध्यक्ष शूशीला कुँबरले आर्थिक प्रतिबेदन पेस गरेकी थिईन । कार्यक्रम सचिव गँगा घिमीरेले  सँचालन गरेकी थिईन ।