संल्कप स्वेक साकोसको साधारण सभा

काठमाडौँ । संकल्प स्वेक साकोसको १६अौं साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव उदयराम कायस्थको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको सभापितत्वमा सम्पन्न भएको छ । संस्थाले साधारण सभाको अवसर पारी आर्थिक वर्ष २०७२र०७३ को वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

सचिव बद्रि प्रसाद सापकोटा, कोषाध्यक्ष रामचन्द्र श्रेठले वार्षिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लक्ष्मी सापकोटा पराजुलीले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार १ हजार ५१ जना शेयर सदस्यबाट १ करोड १ लाख ८२ हजार ६ सय शेयर रकम जम्मा भएको उल्लेख गरिएको छ ।

शेयर सदस्य र ३७४ बाल बचत सदस्यबाट १० करोड ७ लाख ८८ हजार ९ सय ५७ बचत संकलन, १० करोड ६० लाख ३ हजार ३ सय ८१ ऋण लगानी भएको छ । त्यस्तै संस्थाले आ व को अन्त्यमा ३१ लाख ६६ हजार ७ सय ५४ खुद मुनाफा गर्न सफल भएको छ । सभामा गोला प्रथाबाट उत्कृष्ट बचत कर्ता २ जना र ऋणाी ३ जनालाई तथा शेयर सदस्यका छोराछोरी मध्ये निजि र सामुदायिक विद्यालय बाट उत्कृष्ठ अंक ल्याउने छात्र र छात्रा २ र२ जनालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम संचालन संचालक सदस्य गणेश प्रसाद नेपालले गर्नुभएको थियो ।