हाँडीखोला बस दुर्घटना: ३१ जनाको क्षमता सय जना सवार

काठमाडौँ । मकवानपुरको हाँडीखोला–२, मकरीमा आइतबार विहान मिनीबस सडकमा पल्टिदा तीन जनाको मृत्यु भएको छ । ५५ यात्रु घाइते भएका छन् । ओभरलोडका कारण बस दुर्घटना भएको यात्रु र प्रहरीले बताएका छन् ।

हा“डीखोलाबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना. ४ ख ४३०७ नम्बर मिनीबस ओभरलोडका कारण गुडेको पा“च मिनेटमा नै बेलडा“डाको ओरालोमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा हा“डीखोला–२, मकरीका ४ वर्षीय प्रनिश लामिछाने, २५ वर्षीय सूर्यबहादुर रुम्बा र एक जना नाम नखुलेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन् ।

बसमा च्यापिएकाहरुको स्थानीय र प्रहरीले उद्धार गरेको उनले जानकारी दिइन् । बसचालकलाई पक्राउ गरिएको छ । ३१ जनाको सिट क्षमता भएको बसमा उभिएर, छतमा गरी एक सय बढी यात्रु बोकेकाले अनियन्त्रित भएर मकरीको ओरालो मोडमा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।