हङकङमा नेपालीबीच झडप, गोली लागेर २ घाइते

काठमाडौँ । हङकङको जोर्डनमा बस्ने नेपालीबीच झडप भएको छ ।

आज बिहान झडप भएपछि तनावग्रस्त बनेको स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ । गोली लागी दुई जना घाइते भएका छन् ।

उपचारका लागि क्वीन एलिजावेथ अस्पताल भर्ना गरिएका घाइतेको परिचय खुलाइएको छैन । नेपालीहरुको विदेशमा बेइज्जत हुने घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।