पाकिस्तानसंग युद्धको मौका छोप्दै भारत पस्यो आइएस

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेका बेला भारतको केरलमा इस्लामिक स्टेट (आइएस) भारत प्रवेश गरेको जनाएको छ ।

राष्ट्रिय जाँच एजेन्सी (एनआइए) ल केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेका भारतीय संचारमाध्यमले जनाएका छन् ।संचारमाध्यमका अनुसार केही समय पहिला  केरलमा २१ जना  इस्लामिक स्टेटमा भर्ना भएको र सोको एनआइएले जाँच गरिरहेको जनाएका छन्।

उनीहरु केरलका स्थानीय भएको बताइएको छ। उनीहरुलाई दिल्ली पुलिस, तेलंगाना तथा एनआइएका सदस्य मिलेर पक्राउ गरेका हुन् ।