पाकिस्तानको सीमामा खस्यो भारतीय लडाकु विमान

काठमाडौँ । सोमबार दिउँसो भारतीय सेनाको जागुअर लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय संचार माध्यमका अनुसार राजस्थानको पोखरण क्षेत्रमा उक्त दुर्घटना भएको हो । राजस्थान पाकिस्तानको सीमासंग जोडिएको राज्य हो  ।   यो विमान दुर्घटनाको कारण खुल्न बाँकी छ ।

दुर्घटना लगत्तै विमानमा रहेका दुवै पाइलट बाहिर निस्केकोले उनीहरु सकुशल रहेको बताईएको छ ।   भारतीय सेनाले यो दुर्घटनाबारे छानविन गर्न निर्देशन दिई सकेको  छ ।