सञ्चार राष्ट्रिय प्रतिष्ठानका कार्यसमितिलाई पूर्णता

काठमाडौँ । प्रेस सेन्टर नेपाल सञ्चार राष्ट्रिय प्रतिष्ठानको बाँकी कार्यसमितिलाई पूर्णता दिएको छ । प्रतिष्ठानको सोमबार बसेको बैठकले बाँकी पदाधिकारी तथा कार्यसमितिलाई पूर्णता दिएको हो ।

१२ असोजमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनबाट पूर्णता दिन बाँकी कार्यसमितिलाई बैठकले पूर्णता दिएको हो । प्रतिष्ठानले पूर्णता पाएसँगै २८ सदस्यीय समिति बनेको छ । बैठकले बाँकी कार्यसमितिलाई पूर्णता दिएसँगै प्रतिष्ठानको अध्यक्षमा सुमिता लामा, वरिष्ठ उपाध्यक्षमा बुद्ध लोप्चन, खुला उपाध्यक्षमा रघुनाथ बजगाई, समावेशी उपाध्यक्षमा ललित श्रेष्ठ र सचिवमा बीरेन्द्र ओली चयन भएका छन्। प्रतिष्ठानको खुला सहसचिवमा दिलिप शर्मा, डिल्ली भट्टराई र शम्भु प्रसाई चयन भएका छन् भने जनजाति सहसचिवमा अर्जुन पाख्रिन, दलित सहसचिवमा लक्ष्मण दर्नाल, मधेसी सहसचिवमा बिजयकुमार यादव र महिला सहसचिवमा मनिका खतिवडा चयन भएका छन्। प्रतिष्ठानको कोषाध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् ।

बैठकले बाँकी सदस्य समेतलाई पूर्णता दिई सदस्यहरुमा शिवा तामाङ, एलु जोशी, भेषराज बेल्वासे, सुशील दर्नाल, राजाराम न्यौपाने, विनोद श्रेष्ठ, छवि सापकोटा, टीकाराम तामाङ, पार्वती खड्का, टीका गुर्वाचन, निशा सिग्देल, बबिता घिसिङ, सञ्जीव घिमिरे र दिल निशानी मगरलाई चयन गरिएको छ । तीन सदस्यलाई भने अर्को बैठकबाट मनोनित गर्ने भएको छ। प्रतिष्ठानका सचिव बीरेन्द्र ओलीका अनुसार बैठकले कार्यविभाजन समेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुमिता लामालाई रेडियो विभाग, वरिष्ठ उपाध्यक्ष बुद्ध लोप्चनलाई अनलाइन विभाग, सचिव बीरेन्द्र ओलीलाई पत्रपत्रिका (छापा) विभाग र सहसचिव मनिका खतिवडालाई टेलिभिजन विभागको जिम्मेवारी दिएको छ ।

उनीहरुले प्रतिष्ठानको कार्यक्षेत्रभित्र रहेका रेडियो, अनलाइन, पत्रपत्रिका, टेलिभिजनको संख्या पत्ता लगाउनुका साथै त्यस क्षेत्रमा आफ्नो संगठनको उपस्थितीबारे अध्ययन गरी एक साताभित्र अन्तिम विवरण समिति पेश गर्ने जनाएको छ ।