खुल्यो डिभी आबेदन

काठमाडौँ । अमेरिका जाने डिभीको आवेदन आजदेखि खुलेको छ । डिभी भर्न चाहनेले www.dvlottery.state.gov वेब साइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने जनाएको छ ।

यस्तै, अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन साथै चस्मा लगाएको फोटो मान्य हुने छैन । डिभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ ।डिभी कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।